पोखरामा क्यानडा पठाउने प्रलोभन देखाएर ठगी गर्ने विदेशी नागरिकसहित ६ प्रकाउ
पाेखरा | माघ ११, २०८०
पोखरा: पोखराको एक होटलमा क्यानडा पठाउने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले दुई विदेशी नागरिकसहित ६ जनालाई प्रकाउ गरेको छ । प्रहरीले उनीहरुलाई पोखरा महानगरपालिका–१० बुद्धचोकस्थित होटल टास्कबाट मंगलबार राति प्रकाउ गरेको हो ।
पोखरा बुद्धचोक स्थित होटल टास्कमा क्यानडा लैजाने प्रलोभन देखाएर अन्तवार्ता लिन विभिन्न व्यक्तिहरुलाई बोलाएको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले होटल टास्कबाट ६ जनालाई प्रकाउ गरेको डीएसपी श्रवणकुमार विकले जानकारी दिए ।
‘होटल टास्कमा क्यानडा पठाउने प्रलोभन देखाएर विभिन्न व्यक्तिहरुलाई अन्तवार्ताका लागि बोलाएको गोप्य सूचनाको आधारमा प्रहरीको टोलीले खटिएको थियो’, डीएसपी विकले भने, ‘अन्तवार्ता लिइरहेको अवस्थामा २ विदेशी नागरिकसहित ६ जनालाई प्रकाउ गरेर म्याद थप गरेर अनुसन्धान अगाडि बढाएका छौं ।’
उनका अनुसार प्रकाउ पर्नेमा पोखरा–१३ पाटनबेशी बस्ने ६५ वर्षीय पार्वती सुनार, पोखरा–९ महेन्द्रपुलकी ३७ वर्षीय रिता सुनार, स्याङजाको फेदीखोला गाउँपालिका–३ बस्ने ३२ वर्षीय सिमा सुनार, काठमाडौं महानगरपालिका–१४ कलंकीका ३८ वर्षीय प्रदीप उपाध्याय, क्यानडाका स्थायी ठेगाना भएका ४५ वर्षीय राकेश जैसवाल र भारतको मध्यप्रदेश घर भएका ३२ वर्षीय इस्मित कौरलाई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी विकका अनुसार प्रकाउ परेका पार्वती सुनारले छोरी क्यानडामा छ भनेर सिधै क्यानडाको भिषा निकाल्ने देखि काममा लगाउने प्रलोभन देखाएर प्रतिव्यक्ति २ हजार दरले उठाइरहेको अवस्थामा प्रकाउ गरेको जानकारी दिए ।
‘अन्तर्वार्ता पास भएपछि प्रतिव्यक्ति ३० लाख रुपैयाँ लाग्ने र अन्र्तवार्ताका लागि २ हजार रुपैयाँ लिइरहेको अवस्थामा उनीहरुलाई फेला पा¥यौं’ उनले भने ।
प्रकाउ परेकालाई जिल्ला अदालत कास्कीबाट ठगी सम्बन्धी मुद्धामा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

